राष्ट्रिय

काठमाडौं महानगरले तोक्यो कक्षा ८ को वार्षिक मूल्यांकन विधि

0Shares


काठमाडौ,जेठ ५ : कोरोना महामारीका कारण रोकिएको कक्षा आठको वार्षिक परिक्षा वैकल्पिक विधि अपनाई संचालन गर्न काठमाडौं महानगरपालिकाले निर्देसन गरेको छ । महानगरपालिकाले कक्षा ८ को शैक्षिक शत्र २०७७ को वार्षिक मूल्यांकन विधि तोकेको छ । कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा गराउन सम्भव नहुने भन्दै पहिलो तथा दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्यांकन गरी विद्यालयमा राखिएको विद्यार्थीको अभिलेखबाट ४० प्रतिशत र विद्यालय तथा विद्यार्थीको अनुकूल उपयुक्त वैकल्पिक मूल्यांकन विधि अपनाइ २० प्रतिशत मूल्यांकन सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा अधिकारी रामप्रसाद सुवेदीले सूचना जारी गर्दै जेठ २५ गतेभित्र केएमसीडीओई डट ओआरजे (kmcdoe.org) मा विद्यार्थीको विषयगत मूल्यांकन विवरण प्रविष्ट गर्न निर्देशन दिएका छन् । महानगरपालिकाले यसअघि अन्य कक्षाको विद्यार्थीको पनि विभिन्न विधिबाट मूल्यांकन गरी जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिइसकेको छ ।

0Shares