राष्ट्रिय

काठमाडौ बासीलाई आयो दु:खद खबर

0Shares

काठमाडौ,चैत ११: काठमाडौं विश्वकै दोस्रो प्रदूषित शहर भएको छ । मंगलबार रातिको प्रदूषण अनुसार काठमाडौं दोस्रो प्रदूषित शहर बनेको हो । मंगलबार राति १०ः१३ बजेको काठमाडौंको एयर क्वालिटी इन्डेक्स एक्यूआई १९९ रहेको छ ।पहिलो स्थानमा इजरायलको तेल अभिभ–याफो रहेको छ । तेलको ५०३ एक्यूआई रहेको छ । तेस्रो स्थानमा बंगलादेशको ढाका रहेको छ काठमाडौं उपत्यकामा पछिल्लो समय प्रदूषण बढेको छ । काठमाडौंवासीलाई यही धुलोसहितको प्रदूषणका कारण रुघा लाग्ने, नाक चिलाउने, घाँटी दुख्ने, खोकी लाग्ने र घाँटी चिलाउने बढी भइरहेको चिकित्सकहरुले बताएका छन् । मौसम परिवर्तनको सिजन भनिए पनि प्रदूषण यसको प्रमुख कारण भएको बताइएको छ ।

0Shares