खेलकुद

काभ्रे गोल्ड कप फुटबल प्रतियोगिता हुने

0Shares

काभ्रे समाचारदाता
काभ्रे, फागुन १७ गते । काभ्रे गोल्ड कप नक आउट फुटबल प्रतियोगिता चैत १३ देखी २३ गते सम्म हुने भएको छ । काभ्रे जिल्ला फुटबल संघको आयोजनामा ‘ए’ डिभिजन क्लव सहित १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
काभ्रे फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठले काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक, दोलखा फुटबल संघ लगायत ए डिभिजन खेलेका टिमको प्रतियोगितामा सहभागिता रहने बताउनुभयो । उहाँले ए डिभिजन खेलेका ५ देखी ७ टिमको सहभागिता रहने बताउनुभयो ।
शनिवार पत्रकार सम्मेलन मार्फत उहाँले प्रथम टिमलाई छ लाख, द्धितिय हुनेलाई चार लाख रुपियाँ पुरस्कार रहेको जानकारी दिनुभयो । प्रतियोगिताका लागि ४८ लाख २५ हजार रुपियाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता धुलिखेल नगरपालिका वडा न ७ मा रहेको खेल मैदानमा हुने जनाइएको छ ।

Source:Gorkhapatraonlinekhabar.com

0Shares