पुंजीबजार

कारबाहीमा परेका ७ कम्पनीको शेयर कारोबार फुकुवा

0Shares


काठमाण्डौ माघ २८ : नेपाल स्टक एक्सचेञ्जले वार्षिक प्रतिवेदन नबुझाएका भन्दै कारोबार रोक्का गरेको सात कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ। कारोबार फुकुवा गरेका ति कम्पनीहरुले नेप्सेले माग गरे अनुसारका विवरण उपलब्ध गराएपछि कारोबार फुकुवा गरिएको छ ।

नेप्सेले कर्णाली डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी, गुराँस लाइफ इन्स्योरेन्स, युनियन हाइड्रो पावर,पाँचथर पावर कम्पनी, नेशनल माइक्रोफाइनान्स र राधि विद्युत कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो ।

यी सात कम्पनीसँगै ११ कम्पनीको शेयर कारोबार रोक्का भएकोमा नेप्सेले ७ कम्पनीको मात्रै शेयर कारोबार फुकुवा गरेको छ। बाँकी पाँच कम्पनीको भने शेयर कारोबार फुकुवा भएको छैन।

0Shares