राष्ट्रिय

काष्ठमण्डप पुनःनिर्माणको काम अन्तिम चरणमा

0Shares

काठमाडौं, पुस २३: काष्ठमण्डप पुनःनिर्माणको कामअन्तर्गत अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी १५ प्रतिशत पनि आउँदो बैशाखसम्ममा सकिने जनाइएको छ । निर्माणअन्तर्गत अहिले अन्य काम सकेर छानो छाउने तयारी भएको छ । त्यसका लागि आवश्यक पर्ने काठको अभाव भएकाले रौतहटबाट ल्याउने तयारी भएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्ययले बताए ।आउँदो बैशाख सम्ममा निर्माण सक्ने लक्ष्यअनुरूप काम भइरहेको उनले बताए ।

निर्माणका क्रममा काठको अभाव भएपछि दुई हजार घनफिट काठ रौतहटबाट ल्याइने तयारी भएको हो । छानाका लागि आठ हजार घनफिट काठ आवश्यक पर्ने भए पनि अहिले थप दुई हजार घनफिट मात्रै ल्याउन लागिएको हो । विशेष नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिएर एउटा रुख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको विश्वास गरिन्छ । काठमाडौंको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि तीन वर्षको समय निर्धारण गरिएको छ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौं महानगरपालिकाले पुनःनिर्माण समितिलाई पाँच करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ घनफिट काठ आवश्यक पर्दछ । यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका क्रममा आवश्यक पर्ने केही काठ यसअघिकै प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेसन सँग लिखित सम्झौता गरी ल्याइएको छ । यसअघि पनि आवश्यक पर्ने आठ हजार घनफिट काठ धनगढीबाट ल्याइएको थियो ।

0Shares