राष्ट्रिय

किष्ट अस्पतालले सुरु गर्‍यो निःशुल्क कोभिड ओपिडी

0Shares

काठमाडौ,जेठ २० : ललितपुरस्थित किष्ट अस्पतालले कोरोना संक्रमित बिरामीका लागि निःशुल्क ओपिडी सुरु गरेको छ । कोभिड ओपिडीमा बिरामीहरुका लागि क्लिनिकल, परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध हुने किष्ट अस्पतालले जनाएको छ ।
सामान्य आर्थिक अवस्था भएका तथा होम आइसोलेसनमा बसेका संक्रमितका लागि सहज रुपमा आएर विशेषज्ञ चिकित्सकबाट जाँच गराउने व्यवस्था गरिरहेको अस्पतालको भनाइ छ । त्यस्तै लामो समयसम्म कोरोनाको उपचार गरेका बिरामीमा कालो ढुसीको सम्भावना समेत हुने भएकाले त्यस्ता बिरामीहरुका लागि नाक, कान, घाँटीका विशेषज्ञ चिकित्सकहरुले परामर्श गरिरहेको पनि अस्पताल प्रशासनले जनाएको छ ।ओपिडी सेवा शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।

0Shares