किसान लघुवित् संस्थाले हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटायो
काठमाडौ,चैत ९: किसान लघुवित्त वित्तीय संस्था (KLBSL) ले हकप्रद जारी गर्ने विशेष प्रस्ताव हटाएर संशोधित साधारणसभा आह्वान सम्बधि सूचना प्रकाशित गरेको छ।लघुवित्तले आइतबार १ बराबर १ कित्ता शेयरको अनुपातमा शेयर जारी गर्ने प्रस्ताव गरेर चैत २९ गते साधारणसभा आह्वान गरेको थियो। तर सोमबार उक्त सूचना अन्यथा हुन गएको भन्दै उक्त प्रस्तावलाई हटाएर संशोधित सूचना प्रकाशित गरेको हो।
कम्पनीको सञ्चालक समितिको चैत ६ गते बसेको बैठकले चैत २९ गते बिहान ११ बजे, कैलालीको लम्की चुहास्थित आफ्नै भवनमा दोस्रो वर्षिक साधारण सभा बोलाएको हो।सभामा संस्था गाभ्ने र गाभिने वा प्राप्ति गर्ने कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी मर्जर सम्बन्धी सम्पूर्ण कार्य गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव लैजाने भएको छ।