बैंक तथा वित्तिय

कुमारी बैंकका ग्राहकलाई हेरिटेज होटेलमा छुट

0Shares

कुमारी बैंक लिमिटेड र हेरिटेज होटेल प्रालिबीच होटेलका विशेष सेवामा बैंकका डेबिट/क्रेडिट कार्डबाहकलाई विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । ग्राहकलाई थप सुविधा दिने उद्देश्यले होटेलसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

सहकार्यसँगै बैंकका डेबिट/क्रेडिट कार्डबाहक ग्राहकले होटेलको रुम शुल्कमा २५ प्रतिशत, खानपानमा र स्पा सुविधामा १५ प्रतिशतसम्म छुट पाउने बताइएको छ । हाल बैंकले देशभर १२४ शाखा, १२२ एटिएम, २१ शाखारहित बैंकिङ एकाइ तथा ६ एक्सटेन्सन काउन्टरमार्फत आधुनिक बैंकिङ सुविधा दिँदै आएको छ ।

Source:nayapatrikadaily.com

0Shares