राष्ट्रिय

केपी ओली समूहद्वारा सातै प्रदेशमा कार्यगत प्रशिक्षणका नेताहरु खटाइयो

0Shares

काठमाडौं, ८ पुस नेकपाका केपी ओली समूहले कार्यगत प्रशिक्षण सञ्चालनका लागि सात ओटै प्रदेशमा नेताहरु खटाउने भएको छ । ओली समूहमार्फत प्रवक्ता बनेका प्रदीप ज्ञवालीका अनुसार सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डेलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ । यस्तै कर्णाली प्रदेशमा शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्यले प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ ।

लुम्बिनी प्रदेशमा प्रशिक्षणका लागि विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटालाई जिम्मेवारी तोकिएको छ । यस्तै गण्डकी प्रदेशमा टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल, वागमती प्रदेशमा ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल, प्रदेश २ मा ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो र प्रदेश १ मा प्रशिक्षणका लागि सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा। शिवमाया तुम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।

0Shares