राष्ट्रिय

केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी

0Shares

काठमाडौ,साउन ३ : तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको दोस्रो बैठकमा सहभागी हुनका लागि संसद्‌ भवन पुगेका छन् । दोस्रो बैठक सुरु हुनुपहिले उनी संसद् भवन प्रवेश गरेका हुन् । आइतबार नै बसेको पहिलो बैठकमा ओली संसद् बैठकमा अनुपस्थित थिए ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै छन् । देउवालाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा, एमाले लगायतले मत दिने भएका छन् । देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको हो । ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेकी थिइन् ।

0Shares