राष्ट्रिय

केपी शर्मा ओली शक्तिशाली बन्दै

0Shares

काठमाडौ,चैत ८: प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको १२ औं बैठकले विद्यमान दुई सय ६४ सदस्सीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको हो ।बैठकले समानुपातिकतर्फका केही सांसदलाई कारवाही गर्ने तयारी गर्दै सूची थपघटको जिम्मा पनि ओलीलाई दिएको छ ।तर निर्वाचन आयोगमा बुझाएको सूचीमा भने परिवर्तन गर्न पाइने छैन ।बैठकले वर्तमान अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आयोजक समितिको क्रमशः अध्यक्ष तथा महासचिव रहने निर्णयसमेत गरेको छ ।नेकपा एमाले ओली समूहको केन्द्रीय कमिटीले अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउने गरी निर्णय गरेको हो।

वैठकले १० औं राष्ट्रिय महाधिवेशन मंसिर २ गते देखि ६ गते सम्म गर्ने निर्णय समेत गरेको छ । यसै गरी संगठन विभाग प्रमुख विष्णु पौडेल र नेता टोपबहादुर रायमाझीलाई जनवर्र्गीय संगठनको व्यवस्थापनको जिम्मेवारी पनि दिएको छ । बैठकले महाधिवेशन आयोजक कमिटिका बैठकहरुको माइन्युट गर्ने जिम्मेवारी विष्णु रिमाल र प्रदीप ज्ञवालीलाई दिएको छ ।यसैगरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९(अप्रिल २२) का दिन नेकपा एमालेको केन्द्रीय कार्यालय रहेको स्थल मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने निर्णय समेत गरेको छ ।

0Shares