के अब संकटकाल घोषणा हुन सक्छ ?
काठमाडौ,असार २८: सर्वोच्च अदालतले संसद बिघटनलाई बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ । यस संगै देशमा अस्थिरता हुने र राजनीतिक संकट आउँन सक्ने अनुमान गरिएको छ ।केहिले देशमा संकटकाल लागु हुन सक्ने अनुमान गरेका छन् । तर संसद पुनर्स्थापनाको आदेश भएकै कारण संकटकाल लागु हुने अवस्था भने देखिदैन । भई हालेमा पनि १ महिनाको लागि मात्र हुने देखिन्छ ।
संविधानको धारा २७३ मा संकटकाल समबन्धि ब्यबस्था छ । जसमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह, चरम आर्थिक विश्रृंखलता, प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रपतिले नेपालभर वा नेपालको कुनै खास क्षेत्रमा लागू हुने गरी संकटकालीन अवस्थाको घोषणा गर्न वा आदेश जारी गर्न सक्ने ब्यबस्था उल्लेख छ। साथै कुनै प्रदेशमा प्राकृतिक विपद वा महामारीको कारणले गम्भीर संकट उत्पन्न भएमा सम्बन्धित प्रदेश सरकारले नेपाल सरकार समक्ष यस धारा बमोजिम प्रदेश वा प्रदेशको कुनै भागमा संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी गर्नका लागि अनुरोध गर्न सक्ने ब्यबस्था संविधानमा उल्लेख छ ।तर संकटकाल घोषणा वा आदेश भएको मितिले एक महीनाभित्र अनुमोदनका लागि संघीय संसदका दुवै सदनमा पेश गर्नु पर्ने छ। दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतले अनुमोदन गरेमा त्यस्तो घोषणा वा आदेश भएको मितिले तीन महीनासम्म कायम रहनेछ । यसरी पेश भएको घोषणा वा आदेश अनुमोदन नभएमा स्वतः निष्क्रिय हुनेछ ।हालको अवस्थामा कुनै समुह संग पनि २ तिहाई सांसद नभएकोले संकटकाल घोषणा भई हाले पनि एक महिना भन्दा बढी समय भने नरहने देखिन्छ ।