राष्ट्रिय

के गर्लान त् अब के पी ओली?

0Shares

काठमाडौ,फागुन १२: संसद् भंग गरेकै कारण विभाजित भएको नेकपाको एउटा घटक प्रचण्ड–माधव समूहका नेताहरुले अदालतको फैसलालाई आफ्नो जित मानेका छन् । नेकपाको पार्टी एकता जोगाउने हो भने ओलीले विदा लिनुपर्ने प्रचण्ड–माधव समूहका नेताहरु बताउँछन् । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनको प्रधानमन्त्री पद धरापमा परेको छ । सत्ताच्युत भएसँगै अब ओलीले चलाउने नेकपाको गुटसमेत धरासायी बन्ने मनोवैज्ञानिक संकेत देखिएको छ । राजनीतिको ‘ब्याटल’ मा पराजित भएका प्रधानमन्त्री ओलीले अब के गर्लान् ? उनी सरक्क बालकोटमा गएर आराम गर्नेछन् या नेकपा फुटाएर बेग्लै गुट चलाउनेतिर लाग्लान् ? ओलीले तत्काल राजीनामा दिएमा अझै पनि पार्टी एकता जोगिने र नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना पनी रहन्छ। तत्काल प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ र नेकपाको एकतालाई जोगाउनुपर्छ,’ पन्तले भने, ‘उहाँले प्रधानमन्त्री पदबाट राजीनामा दिएर आराम गर्नुभयो भने पार्टी एकता हुन्छ र नेकपाकै सरकार बन्ने अवस्था पनि रहन्छ ।’सर्वोच्चले संसद् ब्युँताइदिएको र नेकपालाई पाँच वर्ष सरकार चलाउने जनमत दिएकाले ओलीले तत्काल राजीनामा दिएर आराम गर्नु उपयुक्त हुने तर्क ओली समूहकै एक नेता गर्छन् ।पार्टीभित्रको कलहकै कारण संविधान कुल्चने प्रयास गरेका ओलीले तत्काल कस्तो कदम चाल्छन् ? त्यसतर्फ आम चासो बढेको छ।

संसद् विघटनलगत्तै मन्त्रीबाट राजीनामा दिएका घनश्याम भुसाल केपी ओलीले घाइते बनाएको पार्टी एकता जोगिनेमा बढी नै विश्वस्त देखिएका छन्। ‘अब हामी यता र उताको नभनी नेकपा एक ढिक्का बनाएरै लैजान्छौं,’ भुसालले भने, ‘पार्टी एक ढिक्का बनाएर लैजान कहाँ–कहाँ र के–के गर्नुपर्ने हो, त्यो सबै हुन्छ ।’ओलीले राजीनामा नदिँदा भने उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसलाई पारित गर्न संसदमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) को पनि साथ लिनुपर्ने हुन्छ । त्यसपछि समीकरणको सरकार बनाउने खेल शुरु हुने नेताहरु बताउँछन् ।ओली निकट नेता महेश बस्नेत पनि राजनीतिलाई विकृत बनाउनबाट जोगाउन अब नेकपा एकताको विकल्प उचित भएको स्वीकार गर्छन् । ‘मुलुकचाहिँ राजनीतिक अस्थिरताको दिशातिर जाने सम्भावना बढ्यो । नयाँ–नयाँ समीकरण बन्ने र भत्कने दिशातिर जाने सम्भावना बढ्यो,’ बस्नेत भन्छन्, ‘नेताहरुले सुझबुझपूर्ण ढंगले फैसला गर्नु राम्रो हुन्छ । विभाजित नेकपाभित्रको एकता प्रक्रिया जगाउनुपर्छ । बामदेव कमरेडहरुको क्रियाशीलता जति बढ्यो, त्यति नै राम्रो गर्ला ।’

0Shares