पुंजीबजार

के हो त् ‘क्लोज आउट’ सेयर बजार पस्नेले जान्नै पर्ने

0Shares

काठमाडौ,फागुन ११: पछील्लो समयमा सेयर बजारको चर्चा जतासुकै चलीरहेको बेला कुनै लगानीकर्ता जानेर बुझेर लागेका छन भने कुनै लगानीकर्ता अरुको लैलैईमा लागेर लागेको देखीन्छ।सेयर बजार यस्तो बजार होकी यसमा आफुले जानेर बुझेर लागीयो भने राम्रो नै हुन्छ यदी होईन अरुको लै लैईमा लागेर गरीयो भने यसबाट नराम्रो सग्ग घाटा खाने दीन आउछ। अहीले बीभीन्न सामाजीक सन्जालमा देखीने गरको कुरा हो आज कुन स्टक उठाउने होला,कुन बेच्दा राम्रो होला भन्ने जस्ता कुराहरु देखीरहेका हुन्छन। यो कुराहरु गर्नु भन्दा पनी आफुले जुन स्टक कीन बेच गर्ने हो त्यसैको राम्रो सग्ग अध्यन गरेर गर्ने हो भने सजिलो को साथै आफुले सजीलै सग्ग नाफा आर्जन गर्न सकीन्छ। सेयर बजारमा पनी वीभीन्न्न कीसीमका नियमहरु हुन्छन त्यो नीयम हरुको जानकारी हुनु आबस्यक हुन्छ। सेयर बजारमा लगानीको तयारी गरिरहेका र लगानीमा प्रवेश गरिसकेका कतिपयलाई ‘क्लोज आउट’ बारे जानकारी नहुन सक्छ । क्लोज आउटबारे जानकारी नहुँदा कतिबेला कारबाहीमा परिन्छ सो को समेत हेक्का हुँदैन ।आफुसँग नभएको सेयर बिक्री गरे सो कारोबार क्लोज आउटमा पर्ने गर्छ । मानौँ दोस्रो बजारमा कुनै लगानीकर्ताको १० कित्ता सेयर छ । तर, उसले १० लेख्ने ठाउँमा भुलबस १०० कित्ताको आदेश दाखिला गर्यो भने सो कारोबार क्लोज आउटमा पर्छ ।

पछील्लो समयकै कुरा गर्ने हो भने अहीले नयाँ लगानीकर्ता क्लोज आउटमा परेको देखीन्छ। समयमा लगानीकर्ताले सेयर दिन नसके कारोबार गरिएको मूल्यको आधारमा बाँकी रहेको ९० कित्ता सेयरको २० प्रतिशतले हुन आउने रकम जरिवाना स्वरूप खरिदकर्तालाई तिर्नुपर्छ । तर कुनै लगानीकर्ताले २० प्रतिशत हुन आउने रकम प्राप्त गरेमा उसले त्यस रकमको २५ प्रतिशत हुन आउने रकम आकस्मिक लाभकर स्वरूप सरकारलाई बुझाउनु पर्छ ।कोही लगानीकर्ता नियतबस क्लोज आउटमा पर्ने गरेको भएपनि धेरैजसो लगानीकर्ता अन्जान र भूलवश क्लोज आउटमा पर्ने गरेका छन् । सेयर विज्ञ डा. केशव श्रेष्ठ सेयर बजारमा पस्नेले क्लोज आउटको विषयमा जानकारी राख्नैपर्ने बताउँछन् ।बैंकमा रोक्का भएको सेयर बेच्ने,चाँडो नाफा कमाउन डिम्याट खातामा नआइ सेयर बेच्ने, आफ्नो डिम्याट खातामा नहेरी सेयर बिक्री आदेश दिने, ब्रोकर कम्पनीले तीनपुस्ते नभिडाइ आदेश दाखिला गर्दा, कम्पनीको नाम नमिल्नुजस्ता कारणले क्लोज आउटको समस्या हुने गरेको छ ।सेयर कारोबारमा लगानीकर्ता क्लोज आउटमा पर्ने क्रम अझै रोकिएको छैन । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले क्लोज आउँट पर्ने क्रममा खासै परिवर्तन नभएको जनाएको छ । पहिले नै बिक्री गरेको  सेयर झुक्किएर फेरि पनि बिक्री आदेश दिँदासमेत क्लोज आउटको समस्या आउने गरेको छ ।कतिपय अवस्थामा लगानीकर्ता जानाजान क्लोज आउटमा जानेगरेपछि सूचना निकालेरै सेयर किनबेचको राफसाफ गराउने निकाय सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले जानाजान क्लोज आउटमा जाने लगानीकर्ताविरुद्ध कारबाही नै गर्ने चेतावनी दिँदै आएको छ ।  तर क्लोज आउटको समस्या हल हुन सकेको छैन् ।

0Shares