खेलकुद

कोपा अमेरिकाको अर्जेन्टिना उपाधि नजिक

0Shares

काठमाडौ,असार २३: बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ।
निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए। कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके।अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे। डि पाउलको पेनाल्टी भने सफल हुन सके।

0Shares