राष्ट्रिय

कोभिड-१९ को प्रकोपलाई महामारी घोषणाको आज एक वर्ष

0Shares

काठमाडौ,फागुन २७: कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ को महामारीसँग विश्व अझै पनि सङ्घर्षरत नै छ । एक वर्ष अगाडि आजकै दिन मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोभिड-१९ को प्रकोपलाई महामारी घोषणा गरेको थियो ।तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनसँगकै विवादका कारण डब्लुएचओलाई साथ दिनबाट पछि हटेका थिए । अहिले बाइडेन प्रशासनले डब्लुएचओका लागि केही सहज स्थिति सिर्जना गरिदिएको छ ।डब्लुएचओले सन् २०२० को जनवरी ३० मा कोभिड १९ लाई विश्वव्यापी संकटकाल घोषणा गरेको थियो ।

विश्वका थुप्रै मुलुकहरूले यसलाई वास्ता गरेनन् । डब्लुएचओले सन् २०२० को मार्च ११ मा महामारी घोषणा गर्‍यो । तर, यति बेलासम्म भाइरस अन्टार्टिका बाहेकका सबै महादेशमा फैलिसकेको थियो ।एक वर्षपछि अहिले पनि डब्लुएचओ महामारी व्यवस्थापनका लागि सङ्घर्षरत नै छ । विभिन्न देशहरूले कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिसकेको पनि समानान्तर वितरण हुन नसक्दा करोडौं मानिसहरु जोखिममा छन् ।कोभ्याक्स अन्तर्गत विश्वका गरिब मुलुकहरूलाई छिटो खोप पुर्‍याउन कोभ्याक्स सुविधा अघि सारेको छ । यद्यपि सो अन्तर्गतका २ अर्ब खोप यो वर्षसम्ममा लक्षित मुलुकमा पुग्ने डब्लुएचओले जनाएको छ ।सन् २०१९ को डिसेम्बरमा पहिलो पटक चीनको वुहानमा देखिएको भाइरस विश्वभर फैलिएको थियो । विश्वभर हालसम्म ११ करोड ८६ ला भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने २६ लाख ३२ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

0Shares