राष्ट्रिय

कोभिड–१९ विरुद्धको १० लाख खोप आज भारतबाट नेपाल आउँदै

0Shares

काठमाडौ,फागुन ९: कोभिड–१९ विरुद्धको १० लाख डोज खोप आज भारतबाट नेपाल आउँदै छ । पहिलो खेपमा १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् ल्याउन लागिएको हो । एयर इन्डियाको विमान दिउँसो साढे १ बजे नयाँदिल्लीबाट काठमाडौं प्रस्थान गर्ने छ ।उक्त खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुपमा भण्डारी गरी यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।यसअघि भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो । सो खोपबाटै गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरिएको थियो ।नेपाल सरकारले यही फागुन ५ गते कोभिसिल्ड खोपको २० लाख डोज खरिदको लागि सम्झौता गरेको थियो ।

सम्झौताअनुसारको १० लाख डोज आउन लागेको हो । बाँकी खोप पनि चाँडै प्राप्त हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित ‘कोल्डरुम’मा भन्डारण गरिनेछ । यही फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानको लागि उक्त खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयहरुबाट देशभरिका खोप केन्द्रहरुमा वितरण गरिने मन्त्रालयले जनाएको छ ।यसअघि, यही खोप नेपालले भारत सरकारबाट अनुदानस्वरूप पाएको थियो । उक्त खोप देशभर प्राथमिकताअनुसार लगाइँदै छ ।

0Shares