राष्ट्रिय

कोरोनाबाट कपिलवस्तुमा तीन सुरक्षाकर्मी संंक्रमित

0Shares

कपिवस्तुमा तीन जना सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा ८ जनामध्ये तीन जना सुरक्षाकर्मी भएको खुलेको हो । पाँच जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु भएको जानकारी आएको छ ।


बुधबार कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई रहेका छन् ।


कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि सुरक्षाकर्मी संक्रमित भएको पुष्टि गरेका छन् । मंगलबार मात्रै कपिलवस्तुमा एक नर्सको रिर्पोटमा कोरोना संक्रमण देखिएको थियो ।  


उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

Source:Butwaltoday

0Shares