राष्ट्रिय

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक कर्मचारीको भत्ता कटौती

0Shares

जेठ १५ काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले आ.व. २०७७/७८ को बजेटमा कोरोनाविरुद्धको लडाईँमा फ्रन्टलाइनमा खटिने बाहेकका कर्मचारीको भ्रमण भत्ता, इन्धन, फर्निचर तथा नयाँ सवारी खरिदमा बजेट कटौती गरेका छन् ।सबैको भत्ता साउनबाट खारेज गरिने बताएका हुन् । मन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालनमा मितव्ययीता अपनाइने बताए।

ads

कर्मचारीले पाउदै आएको अतिरिक्त बैठक भत्ता , खाजा भत्ता, सेमिनार, प्रोत्साहन भत्ताका साथै इन्धन खर्च कटौती गरिएको बताए । यस्तै फर्निचर, नयाँ सवारी साधनको खरिदमा पनि उल्लेख्य बजेट कटौती गरिएको मन्त्री खतिवडाले बताए ।

यस्तै सरकारले सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाख बराबरको कोरोना बीमा गर्ने घोषणा गरेको छ। सार्वजनिक निकायमा भष्ट्राचार रोक्न सदाचारको कार्यक्रम अघि सारिने पनि मन्त्री खतिवडाले बताए ।

0Shares