राष्ट्रिय

कोरोना खोप खरिद सम्बन्धी झुटो प्रचार नगर्न नेताहरुलाई स्वास्थ्यमन्त्रीको आग्रह

0Shares

काठमाडौ,वैशाख २८ : स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोना खोप खरिद सम्बन्धी तथ्यहीन र आत्मरिताका कुरा नबोल्न नेताहरुलाई आग्रह गरेका छन् । मंगलबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले कोरोना खोप खरिदमा कुनै भ्रष्टाचार नभएर तर अनर्गल र झूटा प्रचारप्रसार भएको बताए । संसद्मा नेताहरुले खोप खरिद सम्बन्धी कुनै तथ्यांक र आधारहीन कुरा गरेको भन्दै उनको आपत्ति थियो । उनले खोप सम्बन्धीको कुरा बुझेर मात्र बोल्न नेताहरुलाई आग्रह गरे । उनले भने,’म नेताहरुलाई भन्न चाहान्छु बोल्नू त बोल्नू बुझेर मात्रै बोलनू । कुनै तथ्यांक, डेटा छैन भने हामी सहयोग गर्न तयार छौं । अनर्गल, झूठा र आत्मरतिका लागि नबोल्नुहोस् । ‘

उनले कोभ्याक्सले प्राप्त गर्ने खोप सबैभन्दा बढी सिरम इन्स्टिच्युट अफ इन्डियाबाट नै भएको बताउँदै सरकारले जिटूजी मार्फत २० लाख डोज भ्याक्सिन खरिद गरेको बताए । उनले भने,’नेपाल सरकारले राष्ट्र बैंक मार्फत कम्पनीलाई ८० प्रतिशत पठाएको हो । त्यस बाहेक अन्य कुनै खरिद गरेको छैन तर जुन ढंगले प्रचारप्रासर भयो त्यो गलत छ । सरकारले प्रति डोज खोपलाई ४ डलरमा खरिद गरेको छ ।’ उनले सरकारले खोप खरिदमा कसैलाई कमिसन पनि नदिएको र दिने अवस्था पनि नरहेको बताउँदै जीटूजी मार्फत खोप खरिद गरिएको प्रष्ट्याएका थिए । उनले ४ डलरमा कसैले खोप दिन्छ भने नेपाल सरकारले १ करोडभन्दा बढी खोप खरिद गर्ने समेत बताए । ‘चुनौती त नभनौं तर म निवेदन गर्न चाहन्छु कि कसैले ४ डलर प्रति खोप उपलब्ध गराउँछ भने नेपाल सरकार १ करोडभन्दा बढी खोप खरिद गर्न चाहान्छ,’ उनले भने ।

0Shares