कोरोना बढेसँगै बैंकवित्तमा कडाइ
काठमाडौ,वैशाख १८ : सरकारले कोरोना संक्रमणको दर तीव्र गतीमा बढेसँगै बैंक तथा वित्तीय संस्थालाई एक चौथाई शाखा र एक चौथाइ कर्मचारीबाट सेवा सुचारु गर्न सिफारिस गरेको छ । सीसीएमसीको शुक्रबारको बैठकले यस्तो निषधोज्ञालाई थप कडाई गर्ने निर्णय गरेको हो । बैठकले मन्त्रीपरिषद समक्ष कडाईको सिफारीस गरेको छ । पछिल्लो समय कोरोना संक्रमणले तिब्र रुप लिएको छ । बैंकिङ क्षेत्रका कर्मचारीमा पनि कोरोना बढ्न थालेको छ, त्यसैले कम कर्मचारी राखेर बैंक सञ्चालन गर्न भनिएको छ । बैंकमा मानिसहरुको भिडभाड हुनाले बैंकका कर्मचारी र सर्वसाधारण को स्वस्थालाई मध्यनजर गर्दै यो निर्णय गरेको हो ।