राष्ट्रिय

कोरोना भाइरसविरुद्धको भेरोसेलको दोस्रो मात्रा लगाउने यो चरणको आज अन्तिम मिति

0Shares

काठमाडौ,असार २४: मंगलबारदेखि काठमाडौंमा शुरु भएको खोप अभियान आज विहीबार सकिंदैछ । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउने यो चरणको आज अन्तिम मिति हो ।
काठमाडौंका विभिन्न खोप केन्द्रमा चलिरहेको तीन दिने खोप अभियानमा ६७ हजार २८४ जनालाई लगाउने लक्ष्य राखिएको थियो । तर, बुधबार अर्थात हिजोसम्म नै ६३ हजार ६७ जनाले खोप लगाइसकेका छन् । ललितपुर जिल्लाका नागरिकले समेत खोप लगाउँदा सोमबार नै लक्ष्यको करिब ९४ प्रतिशतले खोप लगाइसकेको जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।

0Shares