कोरोना भाइरस र यसबाट बच्ने उपायहरु के छन त? आयुर्वेदका अनुसार
कोरोना भाइरसका( COVID -19) कारण हाल,सारा संसार नै आतंकित बनेको छ | 2019 December मा चिन को वुहानबाट यो भाइरस फैलिएको हो | चीनबाट फैलिएको यो भाइरस worldometer का अनुसार , हाल करिब २१५ वटा देशहरूमा फैलिसकेको छ,परिणाम स्वरुप आज विभिन्न देशहरुको ठुलो जनधनको क्षती भैसकेको छ ,भने लगभग सबै देशहरूले lockdown खेप्न बाध्य भएका छ्न | श्वासप्रश्वासमा समस्या हुनु ,रुघाखोकी,ज्वोरो,तथा छिटो थकान महसुस गर्नु यसका मुख्य लक्षणहरु हुन| कोरोना भाइरस सरुवा भएकाले,एक बाट अर्को हुँदै यसको संक्रमण व्यापक रुपमा फैलिसकेको छ | हालसम्म यसबाट करिब ६० लाख ५९ हजार मानिस संक्रमण भैसकेका छ्न,भने करिब ३ लाख ६९ हजार मानिसले यसका कारण ज्यान गुमाइसकेका छ्न | कोरोना संक्रमण भएको व्यक्तिले खोक्दा,हाछिउ गर्दा,संक्रमित बाट यो भाइरस बाहिर निस्किन्छ र यसको सम्पर्कमा आउदा स्वस्थ मानिस पनि संक्रमीत हुन जान्छ| विभिन्न शक्तिशाली राष्ट्रहरू पनि यसको असरबाट टाढा बस्न सकेनन | इटली अमेरिका जस्ता देशहरु पनि, यस्को नियन्त्रण गर्न र उपचारमा सफलता प्राप्त गर्न भने सकेका छैनन्| हाम्रो देश नेपाल पनि यो रोगबाट टाढा बस्न सकेन,यसको प्रभाव नेपालमा ढिला देखिए पनि वर्तमान समयमा यसका संक्रमितको संख्या व्यापक रूपमा बढीरहेको छ | पछिल्लो केही दिनहरुमा नेपालमा पनि यसका कारण केही व्यक्तीहरुको ज्यान गएको कुरा हामी सबैलाइ अवगत नै छ | नेपालमा भेटिएका कोरोना संक्रमीत मध्ये धेरै संक्रमित ,यसका लक्षणबिहिन(Asymptomatic) छ्न | जसमा लक्षण देखिन्छन् उसलाई पहिचान गर्न सजिलो हुन्छ,तर लक्षण नदेखिदा को कहाँ कति संक्रमीत छन भनी पहिचान भने पुर्ण रूपमा भएको छैन | नेपालमा कोरोनाको परिक्षण पनि अत्यन्त कम भएको छ,| कोरोनाको लक्षण नभएको व्यक्ती बाट पनि,यो अर्को व्यक्ती मा सर्ने गर्दछ, फलस्वरूप जस्मा पहिलाबाट नै कोरोना थियो उसलाई कुनै असर नभै, अर्को व्यक्तिमा येस्का गम्भीर लक्षणहरु देखा पर्न पनि सक्छ्न | हालसम्म कुनै पनि राष्ट्रले यसविरुद्धको खोप तथा ओखती निर्माण गर्न भने सकेका छैनन् |
यसबाट बच्नका लागि विश्व स्वास्थ संगठनले, समाजिक दुरि कायम गर्ने,अल्कोहल युक्त स्यानिटाइजर प्रयोग गर्ने,साबुनपानीले २० सेकेन्ड सम्म हात धुने जस्ता निर्देशन दिएको छ |
यस्तो बेलामा हामिले हामी सङग भएका स्रोत हरुको प्रयाप्त रुपमा प्रयोग गर्ने बेला भएको छ | हाम्रो सस्कृती र हामी सङ्ग परापुर्ब काल बाट नै आयुर्वेद जोडिएको छ | हाम्रो पू्र्खा हरुले परापुर्ब काल बाट आयुर्वेद चिकित्सा पद्धति अवलम्बन गरि विभिन्न रोगमा उपचार गरेको र सफलता हासिल गरेको कुरा हामी सबै लाई थाहै छ, र आयुर्वेद चिकित्सा पद्धति बर्तमान समयसम्मपनि चलिरहेको छ| अहिलेको समयमा हेर्दा कोरोनाको मुख्य असर रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु,जो दीर्घकालिन रोगबाट (मधुमेह,क्यान्सर,दम आदि) पीडित छ्न,तिनीहरुमा बढी भएको देखिन्छ ,यधपी यो रोग बाट सबै बर्गका व्यक्तिहरु पनि संक्रमीत भयेका भने छ्न | अब येस्तो अबस्थामा हामिले हामी सङै,हाम्रो वरिपरि भएका जडिबुटी,आयुर्वेद ओखती हरुको प्रयाप्त रुपमा प्रयोग गर्न सकिन्छ | जसले हाम्रो शरीरमा रोग प्रतिरोध क्षमताको वृद्धि गर्न मद्दत गर्दछ |
के छ त आयुर्वेद मा, के यो बाट कोरोना नियन्त्रण गर्न सकिन्छ?
आयुर्वेद अनुसार यस्तो माहामारी हुनुलाइ कसरि बुज्न सकिन्छ , तेस्को बारेमा हेरोउ,आयुर्वेद अनुसार येस्तो प्रकारको अवस्था हुनुलाइ जनपदोद्ध्वस भनिन्छ , जनपदोद्ध्वस भनेको फरक फरक आहार खाने,फरक फरक प्रकृति ,देह(शरीर),बल,मन,आयु भयका मानिसहरूमा एकैसाथ जल(पानी),वायु(हावा),देश(स्थान),र काल(समय)को विकृति भइ,समान लक्षणयुक्त रोग,व्याधी उत्पन्न भएर जनपदको विनास हुने भन्ने बुझिन्छ | जनपदोद्ध्वस प्राय:बाक्लो र अव्यवस्थित वस्तिमा बढी भएको देखिन्छ,आयुर्वेद शास्त्रमा जनपदोद्ध्वसका कारणहरुमा देख्न नसकिने अर्थात microbes or unseen beings द्वारा पनि मानिस हरुको विनाश हुन्छ भनेर वर्णन गरेको पाहिन्छ,जुन बर्तमान समयमा भै-राखेको छ | येस्तो महामारी अहिले मात्र नभै समय समयमा फरक फरक तरिकाले भएको पनि छ |
आयुर्वेदको मुख्य उदेश्य
१.स्वस्थ मानिसको स्वास्थ को रक्षा गर्नु(अर्थात् रोग लाग्न नदिनु) र
२. रोगिको रोग शान्त पार्नु ( अर्थात् रोग लागेमा,त्यो रोगबाट मुक्त पार्नु हो) हो |
अहिले हामिले आयुर्वेदको पहिलो उदेश्य,अर्थात् कोरोना लाग्न नदिनु मा विशेष जोड दिनु आवश्यक छ,जस्का लागि हामिले निम्न कार्य गर्न सकिन्छ |
१.दिनचर्याको सहि तरिकाले पालना गर्ने -बिहान सुर्यदय हुनुभन्दा पहिला करिब ४५ मिनेटअघि उठनु पर्दछ,उठे पछि तामाको भाडोमा राखेको एक गिलास मनतातो पानी सेबन गर्न सकिन्छ, स्नान गर्ने, नुन बेसार राखी मनतातो पानीले कुल्ला गर्ने,दैनिक योग,कसरत गर्ने, समय अनुसार फलेका फलफूल सेबन गर्ने,दिउँसोको समयमा सृजनशिल कार्य गर्ने,साहित्य पढ्ने तथा संगीत श्रवण गर्ने,रातमा सुत्नु भन्दा ३ घन्टा अगाडि हलुका खाना खाने, सुत्न पुर्व मनमा सकारात्मक कुराको चिन्तन गर्ने गर्न सकिन्छ|
२.आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिने,– समाजिक भिड्भाड बाट टाढा बस्ने,एक अर्को सङग हात नमिलाउने,मुख आखा नाक मा बारम्बार हात नलग्ने , घर बाहिर जथाभावी ननिस्किने |
३.घरमा उपलब्ध जडिबुटी को प्रयोग गर्ने, – शरीरमा रोग प्रतिरोध क्षमता वृद्धि गर्नको लागि,दैनिक गुर्जो(चिनी लहरो) ,अमला,तुलसी हरुको प्रयोग गर्न सकिन्छ, जिरा,धनिया,लसुन,बेसार जस्ता जडिबुटी को दैनिक तरकाली मा प्रयोग गर्न सकिन्छ|
४.दैनिक योग,प्राणायाम गर्न सकिन्छ|
५. दैनिकी ८ घन्टा निदाउन स्वास्थका लागि अति आवश्यक हुन्छ, -सहि मात्रामा निद्रा नलाग्ने भनेमा मन मा अनेक प्रकारका नकारात्मक बिचार तथा मानसिक रोगहरु उत्पन हुन सक्छ्न | तसर्थ निद्राको उचित रुपमा हुनु जरुरी छ |
६.ताजा तथा आफुलाइ हितहुने खाना , मौसमी फलफूल ,सागपात ,टुसा उमारेका गेडागुडी ,घरेलुु कन्दमुल ,आदि सेवन गर्ने|
यति गर्दा,कोरोना लाग्न बाट बच्न्न मद्दत पुग्छ,साथै कोरोनाको संक्रमण भैहालेमा तथा यसका लक्षण देखा परेमा,तुरुन्त नजिकैको स्वास्थसस्थामा जानू पर्दछ, कोरोना संक्रमण भएर पनि धेरै मानिस निको भएका छ्न ,तसर्थ कोरोना संक्रमण भै-हालेमा पनि,आफ्नो मनोबल उच्च राक्नु पर्दछ| आयुर्वेदमा अश्वगन्धा,सितोपलादी,तालिसादी,महासुदर्सन चुर्ण ,च्यावनप्राश, हरिद्राखण्ड जस्ता ओखतिहरु छ्न, जुन कोरोनाको लक्षण अनुसार प्रयोग गर्दा अति लाभदायक हुन्छ, यिनिहरुको सेवन गर्नाले शरीरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि पनि हुन्छ,तर यस्को प्रयोग आयुर्वेद चिकित्सक को सल्लाह अनुसार मात्र गर्नु पर्दछ |
अब कुनै देशले यस रोग विरुद्धको खोप तथा ओखती निर्माण गर्लान , अनि करोडौं रुपैया खर्च गरेर तेस्लाइ यहा भित्र्याउला भनेर बस्नु भन्दा,देशमा भएमा जडिबुटी तथा आयुर्वेद चिकित्साको प्रयोग गरि,देशलाई यो महामारी बाट बाचाउनु अत्यन्त जरुरी छ| जस्ले गर्दा देशमा भएमा स्रोत हरुको पनि प्रयोग हुन्छ र यो महामारि बाट बच्न पनि सहयोग हुन्छ |
जय देश,जय आयुर्वेद