ब्लग /साहित्य

कोरोना लाग्यो भने के स्वीकार छ त समाजले ??????

0Shares
सुदन पाण्डे

कोरोना भाईरस अर्थात कोभीड १९ ले अहीले विश्व जगत नै हलचल गराएको छ, चिनको हुबान शहरबाट सुरु भएको यो भाईरसले हाल विश्व नै आतान्कित भएको छ | यसबाट नेपाल पनि अछुतो रहन सकेन। नेपालमा दिनप्रतिदिन सक्रमण बढिरहेको छ साथै मृत्यु पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ | पछिल्लो समयमा जुनसुकै उमेर समुहका मानिस हरु संक्रमित देखिन थालेका छन् । जसले गर्दा अहिले सम्पूर्ण मानिसहरुमा त्रास बढेको छ। अहिले हाम्रो देशमा कोरोना सक्रमीत भएको मानिसलाई नकारात्मक रुपले हेरेको पाईन्छ | गाउँ,टोल,समाजले “यो कोरोना सक्रमीत हो, यसलाई समाजमा बस्न दिनु हुदैन” भनि समाजबाट बहिष्कार गर्ने सम्म गरेको पाईन्छ। स्वास्थ्यकर्मी,सुरक्षाकर्मी हरुलाई समाजले हेर्ने नजरनै फरक हुँदै गईरहेको छ। डेरागरी बस्ने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीहरुले घरमा पस्न नदिने जस्ता क्रियाकलाप गरेको गुनासो आएको छ | एक स्वास्थ्यकर्मी संग कुरा गर्दा उनले हामीसंग गुनासो गर्दै भनीन “अब हस्पीटल अर्थात काममा गयाै भने घरमा आउनु पर्दैन उतै बस्नु भन्दैछन” नेपालमा मात्र हो यो प्रचलन जसले आफ्नो ज्यान दाउमा राखेर सेवा गरीरहेको छन् उसैमाथी दुर्व्यवहार गर्ने। जसले आफ्नो ज्यानको प्रवाह नगरी दिन रात नागरिकको प्राण रक्षाकालागि खटिएका छन् तिनीहरुलाई नै हाम्रो समाजले अवहेलना गर्दा उनीहरुको मोनोबल घट्न गई पेशाप्रतिनै बितृष्णा पैदा हुने देखिन्छ | कतिपय ठाउँमा स्वास्थकर्मी तथा सुरक्षाकर्मीलाई गाली गलोज गर्ने हातपात गर्ने जस्ता घटना पनि घटेका छन् |

विदेशी मुलुकले त सुरक्षाकर्मी तथा स्वास्थकर्मीलाई कती ठूलो सम्मान का साथ प्रोत्साहन गरेको देखीन्छ । हाम्रो समाजमा कोरोना सक्रमित भनेपछी भेदभाब गर्ने जसले गर्दा निरोगी मानिसहरले पनि मनमा अनेक कुरा सोचेर रोगसंग लडने क्षमता घटाईरहेका छ्न | कोरोना लाग्यो भने समाजको तिरस्कार भईन्छ भन्ने डरले कयाै मानिस हरु कोरोना परीक्षण गर्न डराईराखेका छन | यसले गर्दा अझैबढी माहामारीको रुप नआउला भन्न सकिदैन। त्यसकारण कोरोना सक्रमित , स्वास्थकर्मी तथा सुरक्षाकर्मीहरुलाई भेदभाब होईन उचित सम्मान गरी प्रोत्साहन गर्नु आजको आवश्यकता देखिन्छ। सुरक्षाकर्मी तथा स्वास्थकर्मीको सम्मान गरौ,कोरोना संक्रमितको मनोवल बढाऔ “कोरोना व्यापकरुपमा फैलीएको छ अती आवश्यक काम बिना घर बाहिर ननिस्कौ यदी निस्कनु पर्यो भने माक्स सेनेटाईजरको प्रयोग गर्ने गराै”

“आफू बचाै अरुलाई पनि बचाऔ |

0Shares