राष्ट्रिय

कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

0Shares

५ जेठ, काठमाडौं । सोमबार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ नेपालका ७७ मध्ये ३१ जिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार सोमबार बाँके, गुल्मी, धादिङ, दाङ, रौतहट र धनुषामा आज कोरोनाभाइरसका संक्रमित थपिएका हुन्।

आज बाँकेमा मात्र ४७ जनामा कोरोनाभाइरसको पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३५७ जना पुगेको छ।

उनीहरू १८ देखि ४६ वर्ष उमेर समूहका रहेका मन्त्रालयले जानकारी दिएको छ।

उनीहरूको स्थायी ठेगाना र हालको ठेगाना अनुसारको कन्ट्याक्ट ट्रसिङ गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ।

तराईका सुनसरीबाहेक सबै जिल्लामा कोरोनाभाइरसका संक्रमण देखिएको छ। पहाडमा धनकुटा, भोजपुर, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडौं, धादिङ, मकवानपुर, बाग्लुङ र गुल्मीमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन्।

कोरोनाभाइरसका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ भने  ३६ जना निको भएका छन्।

 

0Shares