राष्ट्रिय

कोरोना संक्रमित बढेसँगै चापाकोट नगरपालिका एक साता बन्द

0Shares

काठमाडौ,वैशाख ८ : स्याङ्जाको चापाकोट नगरपालिकाका कर्मचारी, शिक्षक र समुदायमा कोरोना संक्रमित बढेसँगै नगरपालिकाको अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साता बन्द हुने भएको छ। केही दिनअघि भारत भम्रण गरी फर्किएकासहित ५ जनामा कोराना संक्रमण देखिएपछि नगरपालिकाभित्रका अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु एक साताका लागि बन्द गरिएको नगरपालिकाका प्रमुख शिव कुमारी गिरीले जानकारी दिनुभयो।

संक्रमणबाट बच्न चापाकोट बजार क्षेत्रका अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरु पूर्ण रुपमा वन्द गर्ने, जरुरी कामबाहेक घर बाहिर नस्किने र उच्च सतकर्ता अपनाउन नगरपालिकाले नगरवासीमा अपिल गरेको छ।

0Shares