खेलकुद

क्यारेबियन प्रिमियर लिग सीपीएलको खेल तालिका सार्वजनिक

0Shares

काठमाडौ,असार ३१:सन्दीप लामिलाछेले खेल्ने क्यारेबियन प्रिमियर लिग सीपीएलको खेल तालिका सार्वजनिक भएको छ । सीपीएलले अगस्ट २६ बाट सुरु हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा गुएना अमेजन वारिवर्स र ट्रीनबागो नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । ट्रीनबागोमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्द छन् ।ट्रीनबागोले सन्दीपले नयाँ सिजनको लागि अनुबन्ध गरेको हो । सन्दीपले यस अघि तीन सिजन सीपीएल खेलिसकेका छन् । सन्दीपले गत सिजन जमैका तलावाजबाट खेलेका थिए ।

0Shares