खेलकुद

क्रिकेट टोलीलाई बधाई दिए प्रधानमन्त्री ओलीले

0Shares

काठमाडौ,वैशाख १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् । नेपालले शनिबार भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १४२ रनले पराजित गर्दै उपाधि जितेको थियो।घरेलु मैदानमा नेपाल ११ वर्षपछि विजेता बनेको हो।

“नेपाल, मलेसिया र ने दरल्यान्ड्सबीच सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले नेदरल्यान्ड्सलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै सानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई भन्दै !,” प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन् ।

0Shares