राष्ट्रिय

खराब मौसमका कारण उडान प्रभावित

0Shares

काठमाण्डौ, पुस २७: खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्जका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।काठमाडौँ बाट बिहान हुने २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको विमानस्थलले जनाएको छ । उडान नभएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भिड रहेको छ । केहि उडान स्थगित नै भएका छन् । बुद्ध एअरले नेपालगञ्ज, सिमरा र भैरहवाका केही उडान स्थगित गरेको छ । अहिले कुहिराे खुल्दै गएकाले केही उडान हुन सक्ने विमानस्थलले जनाएको छ ।

0Shares