राष्ट्रिय

खानेपानी तथा सरसफाइलाई ४३ अर्ब ५४ करोड, मेलम्चीमा अर्को परियोजना थपिने

0Shares

काठमाडौ,जेठ १५ : सरकारले खानेपानी तथा सरसफाइ मन्त्रालयका लागि ४३ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो रकम चालु आव हाराहारी नै रहेको छ । सरकारले चालु आर्थिक वर्षमा ४३ अर्ब १० करोड रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
यस बजेटमा मेचम्ची आयोजनामा खर्च हुने थप रकम समेत समावेश छ । सरकारले एक घर एक धारा कार्यक्रम चलाउने बताएको छ ।पिउने पानीको निर्यात गर्न लगानी आकर्षित गर्ने नीति सरकारको छ । काठमाडौंमा पानी वितरण भइसकेको आवस्थमा सरकारले वितरणतर्फ खर्च गर्ने गरी यो बजेट विनियोजन गरेको छ । सरकारले मेलम्चीको दोस्रो परियोजना सुरु गर्ने घोषणा पनि गरेको छ ।

0Shares