गरिबी निवारण कोष खारेज

काठमाडौ,जेठ १५ : सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । यो कोष अन्तर्गत भएका संस्थालाई सहकारी बनाइने अर्थमन्त्री विष्णु पौडेलले घोषणा गरेका छन् । कोषको मातहत रहेको १९ अर्ब कोषलाई सहकारीकै सुरूआती पुँजीमा रुपान्तरण गरिने उनले बताए ।
