राष्ट्रिय

घर फर्किन स्थानीय तहको सिफारिस आवश्यक

0Shares

काठमाडौ,वैशाख २१ : काठमाडौं उपत्यकाका तिन ओटा जिल्ला काठमाडौं, भक्तपुर र ललितपुका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले निषेधाज्ञा लम्ब्याउनुका साथै उपत्यका बाट गाउँ फर्किन चाहने नागरिकहरुका लागी सम्बन्धित स्थानीय तहको सिफारिस चाहिने निर्णय गरेको छ । सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाएमात्र उपत्यका बाहिर जान सहजीकरण गर्ने निर्णय गरिएको छ।

‘उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान दिने’ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयमा भनिएको छ ।

0Shares