राष्ट्रिय

चालु शैक्षिकसत्र जेठसम्म

0Shares

काठमाण्डौ,फागुन २: लामो समय देखि प्रभावित भएको विद्यालय तहको शैक्षिक सत्र जेठको अन्तिमसम्म सञ्चालन गरिने भएको छ । शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गर्दै यो वर्षको शैक्षिक वर्ष जेठसम्म सञ्चालन गरिने भएको छ । एक वर्षका लागि एसईईको परीक्षार्थीलाई स्नाथानान्तरण गरिने भएको छ । कोभिडको कारण अन्यत्र गई पढ्न थालेका विद्यार्थीलाई स्नाथानान्तरण गर्न सकिने गरी शिक्षा नियमावली संशोधन गरिएको सचिव मैनालीले जानकारी दिए ।

सरकारले चालु शैक्षिक सत्रको अन्त्यको समय सीमा निर्धारण गरेपछि आफूहरुले प्राविधिक तयारी गरेर अन्तिम परीक्षा सञ्चालन गर्न तयार रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताए ।जेठमा शैक्षिक सत्रको अन्त्य गर्दा विद्यार्थीले चार महिनामा विद्यार्थीले कति पढ्ने ? कति सिक्ने ? सोको निर्धारण गरेर अन्तिम परीक्षाको निधो गरिनु पर्ने विधार्थी तथाअभिभावकको गुनासो रहेको छ।

नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीम ढुंगानाले संघ,प्रदेश र स्थानीय तहको बिचमा समन्वय नहुँदा समस्या देखिएको बताए । ‘विद्यालय शिक्षाको व्यवस्थापन गर्ने विषयमा संघीय सरकारले हस्तक्षेप गर्नुहुँदैन हामी हाम्रो अनुकूल परीक्षा सञ्चालन गर्न संक्षक छौं ।’ उनले भने, ‘एक आपसका अधिकार हस्तक्षेप गर्न नहुने, नेपाल र आइएलओका बिच भएको सम्झौता अनुसार ईसीडी शिक्षक तथा विद्यालय कर्मचारीलाई सरकारले पारिश्रमिक प्रदान गर्नुपर्छ, ।’अधिकांश शिक्षकको जेठको अन्तिममा परीक्षा सञ्चालन गरिनु पर्ने नन्दी मावि नक्सालका प्रधानाध्यापक गीता काफ्लले बताइन् । प्रविधिमा जबरजस्त प्रवेश गरेका शिक्षक सविद्यार्थीको पहुँच नपुगेको हुनाले यसमा विचार गरिनुपर्नेमा उनको जोड थियो ।

0Shares