राष्ट्रिय

चिनियाँ खोप आज नेपाल ल्याइँदै

0Shares

काठमाडौ,जेठ १८ : चीनले अनुदानमा दिएको खोप लिएर आज नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज आज काठमाडौं आइपुग्ने बताइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले यो चार्टर उडानबाट करिब ८ लाख डोज खोप ल्याउने तयारी गरिएको जानकारी दिए ।
सोमबार राति ११ बजे बेइजिङका लागि उडेको विमान आज दिउँसो साढे २ बजे खोप लिएर नेपाल आउदै छ ।

0Shares