राष्ट्रिय

चिनिया खोप भेरोशील्ड आउदै

0Shares

काठमाडौ,जेठ १४ : चीन सरकारकाले अनुदान स्वरुप दिने भनेको १० लाख डोज खोपमध्ये २ लाख डोज खोप आइतबार नेपाल आउने भएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दुई लाख डोज खोप तिब्बतबाट आइतवार नेपाल आउने बताएका हुन् ।
त्यस्तै बाँकी आठ लाख डोज जुुन १ तारिखसम्ममा नेपाल आउने उनले बताएका छन् । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको फोन वार्तापछि चीनले १० लाख डोज खोप अनुदान दिने घोषणा गरेको हो । त्यस्तै थप खोप ल्याउन कूटनीतिक पहल भइरहेका समेत उनले बताएका छन् । त्यसका लागि आगामी १०/१५ दिनभित्र प्राप्त हुने उनले बताएका छन् । यसबाहेक उनले २०२१ भित्र नै सबै नागरिकलाई खोप उपलब्ध हुने बताएका छन् ।

0Shares