राष्ट्रिय

के छन त नागरीक आन्दोलनका माग

0Shares

काठमाण्डौ,माघ ३०: जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै नागरीक आन्दोलनले ओलीको राजीनामा मागेको छ । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । रत्नपार्क बाट शुरु भएको बिरोध भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले भनिन्, ‘थोरैमात्रै नैतिकता छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्दछ ।पछिलो समयमा बलात्कारीको घटना बढ्दै गईरहेको र यसमा सरकार नै गैरजीम्बेबारी भएको र यस्ता घटना घटाउनेलाई सरकारले नै लुकायको उनले बताईंन।

बलात्कारविरुद्धको रोस ह्यासट्याग अभियानकी हिमा विष्टले निर्मला पन्त, सम्झना बिक, भागरथी भट्ट लगायतको बलात्कारपछि हत्या हुनुमा सरकार नै दोषी रहेको बताइन् ।महिलाको आवाज दबाउने, शान्ति सुरक्षा नदिने प्रतिगामी शासकविरुद्ध गाउँ, शहरबाट महिलाहरूलाई उठ्न उनले आव्हान गरिन् । कार्यक्रममा उनले भनिन्, , बलात्कारी जो कोही होस् सरकार पक्षले बचाउ गर्न नहुने भन्दै यसको बीरुद्द कडा आन्दोलन गर्ने चेतावनी समेत दीएकी छीन।

0Shares