खेलकुद

चेन्नई सुपर किङ्सको पहिलो जित

0Shares

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १४ औं संस्करणमा चेन्नई सुपर किङ्सले पहिलो जित हात पारेको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा चेन्नईले पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको हो । यसअघि भएको यो संस्करणको पहिलो खेलमा चेन्नई दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने चेन्नईले शानदार प्रदर्शन गरेको छ । पन्जाबले दिएको १०७ रनको झिनो लक्ष्य चेन्नईले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा मोइन अलीले ३१ बलमा ४६ रनको योगदान दिए । यस्तै फाफ डु प्लेसिसले ३३ बलमा नटआउट ३६ रन बनाए ।पन्जाबका मोहम्मद शामीले २ तथा आश्रदिप सिंह र मुरुगान आश्विनले १–१ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ८ विकेटको नोक्सानीमा १०६ रनमात्र बनाएको थियो ।पन्जाबका लागि शाहरुख खानले यो खेलकै सर्वाधिक ३६ बलमा ४७ रन बनाए । त्यसबाहेक कोही पनि ब्याट्सम्यान टिक्न सकेनन् । जे रिचार्डसनले २२ बलमा सर्वाधिक दोस्रो योगफल १५ रन जोडे ।म्यान अफ द म्याच दीपक चाहरले १३ रन खर्चिएर ४ विकेट लिए ।दोस्रो चरणको समाप्तिसंगै अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोरमात्र सतप्रतिशत नतिजा निकाल्ने टिम बनेको छ । बैंगलोरको २ खेलमा ४ अंक छ । ७ टिम सहभागी आईपीएलमा सनराइजर्स हैदराबादले दुवै खेल हारेर पुछारमा राखेको छ भने बाँकी टिमले समान २ अंक बटुलेका छन् ।

0Shares