राष्ट्रिय

चैत-वैशाखभर गोरखा दरबार सङ्ग्रहालय खुला हुने

0Shares

काठमाडौ,चैत ३ : कोविड १९ ले पर्यटक क्षेत्रलाई प्रत्यक्ष प्रभाव परेको छ कोविडले गर्दा एक वर्ष सम्म सम्पूर्ण मठ मन्दिर संग्रालय बन्द भएका थिए। आहिले भने स्वास्थ सुरक्षा अपनाई सामाजिक दुरी कायम गरि सङ्ग्रहालय तथा मन्दिर अवलोकन गर्न आउने पर्यटकहरुलाई अवलोकन गर्ने वातावरण मिलाईएको छ। गोर्खाको एक संग्रालय भने अव चैत र बैशाख महिनामा सधै खुल्ने भएको छ।

सङ्ग्रहालयमा नेपाल एकीकरणका अभियन्ता तत्कालीन राजा पृथ्वीनारायण शाहको चिनादेखि विभिन्न शाह वंशका पालामा लडाइँ गर्दाका हातहतियार छन् । पर्यटकले पुरातात्विक वस्तु, विभिन्न जातजातिका संस्कृति झल्कने सामग्री, पुराना सिक्का तथा भाँडावर्तन फोटो तथा पेन्टिङका साथै विभिन्न जातजातिका संस्कृति झल्कने आकृति सङ्ग्रहालयमा अवलोकन गर्न पाउँछन् । यस सङ्ग्रहालयमा घुमफिर गर्दा पर्यटकहरुले पुरानो सामग्री आवलोकन गर्न पाउने र ज्ञान आर्जन गर्न पाउनेछन्।

पर्यटकले सङ्ग्रहालयभित्र रहेका तेल चित्रकक्ष, वंशावली कक्ष, जन्मकुण्डली कक्ष, दिव्यउपदेश कक्ष, हातहतियार कक्ष, धार्मिक परम्परागत कक्ष, जनजातिको झाँकी कक्ष, परिचयात्मक कक्ष, भडाँवर्तन कक्ष, श्रव्यदृश्य कक्ष, चैत्यकक्ष र हस्तलिखित गरी १२ वटा प्रदर्शनी कक्षको अवलोकन गर्न पाउनेछन् । विसं २०४३ मा गोरखा दरबार संरक्षित स्मारक क्षेत्रको घोषणा गरी सङग्रहालयलाई पृथ्वी स्मृति सङ्ग्रहालयको रुपमा विकास गर्ने योजना रहे पनि पछि पूरै जिल्लाको पहिचान दिने गरी गोरखा सङ्ग्रहालयका रुपमा विकास गरिएको थियो ।

0Shares