खेलकुद

छत्रदेव गाउँपालिकामा वार्ड स्तरीय क्रिकेट प्रतियोगीता शु्रु

0Shares

छत्रदेव । शहर बजार र तराईमा मात्र खेलिने क्रिकेट खेल प्रति युवाहरुको आकर्षण बढेपछि छत्रदेव गाउँपालिकामा वडा स्तरीय क्रिकेट प्रतियोगीता हिजो देखि शु्रु भएको छ ।

पालिका भित्रका ८ वटै वडाको सहभागिता रहेको क्रिकेट प्रतियोगीताको आज भव्य समारोहका विच जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले उद्धाटन गर्नु भयो ।

उद्धाटन समारोहमा मन्तब्य राख्दै जिल्ला समन्वय समितका प्रमुख पिताम्बर शर्माले युवा पुस्ताहरुको पहिलो रोजाई बनेको क्रिकेट खेलको विकासमा सरकारको ध्यान जान जरुरी रहेको बताउनु भयो । ग्रामीण तथा शहरी क्षेत्र सबै तर्फ क्रिकेट प्राित युवाहरुको आकर्षण बढेपछि दक्ष क्रिकेट खेलाडी उत्पादन गर्न वडा स्तरीय क्रिकेट प्रतियोगीताको आयोजना गरिएको छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनु भयो ।
उनले खेलकुदको माध्यमबाट युवाहरु विच आपसी सदभाव र भाइचारको सम्बन्ध कायम गर्न क्रिकेट खेलको आयोजना गरेको जानकारी दिनु भयो ।

प्रतियोगीतामा बिजेताले नगद ४० हजार, , उप बिजेताले नगद २५ हजार र तेस्रो हुनेले १५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छत्रदेव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो । उद्धाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा, छत्रदेव गाउँपालिकाका उपाध्यक्ष तुलसादेवी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल , वडा अध्यक्षहरु प्रकाश पन्थी, राजेश पन्थी, तेज प्रसाद खनाल, अशोक कुमार श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, कमल पौडेल, शोभाखर पाण्डे, राजकुमार श्रेष्ठ, जिल्ला क्रिकेट संघका अध्यक्ष ऋषिकेस भट्टराई, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य सदस्य प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रम छत्रदेव गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षता र वडा अध्यक्ष कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो । वडा नम्वर १ चिदीका र ३ बल्कोट विच आज भएको पहिलो खेलमा वडा नम्वर १ चिदिका विजयी भएको छ ।

  टस हारेर पहिले ब्याटिंग गरेको वडा नम्वर १ ले निर्धारित १२ ओभरमा ४ विकेट गुमाउदै १ सय ५५ रन बनाएको थियो । जवाफी व्याटींग गरेको ३ नम्वर वडाले १२ ओभरमा ८ विकेट गुमाउदै ८९ रन मात्र बनाएको थियो । आजको खेलको म्यान अफ द म्याच मौषम अली भएका छन ।

त्यसैगरि खेलको दोस्रोदिन वडा न २ ले वडा न ५, वडा न ७ ले वडा न ८ र वडा न ६ ले वडा न 4 लाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका छन्

स्रोत: अर्घाखाँची.कम

0Shares