राष्ट्रिय

जनगणना तालिम स्थगित

0Shares

काठमाडौ,वैशाख २० : हरेक १० /१० वर्षमा हुने जनगणना कायक्रम यस वर्ष सुरु हुदै थियो सरकारले राष्ट्रिय जनगणना सम्बन्धी गणक र सुपरिवेक्षकहरुको तालिम यही वैशाख १६ गतेदेखि सुरु गरिएकोमा कोरोना संक्रमण बढेपछि स्थगित गरेको छ ।
केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तिर्थ चौलागाईंले जनगणना प्रयोजनका लागि भइरहेका तालिमहरु स्थगित भएको जानकारी दिए । जनगणनासँग सम्बन्धी थप निर्णय गर्न राष्ट्रिय योजना आयोगको तथ्यांक परिषदको बैठकसमेत आजै बस्दै छ । सरकारले आगामी जेठ २५ देखि असार ७ गतेसम्म बाह्रौं राष्ट्रिय जनगणना गर्दै छ । जनगणनाको स्थलगत तथ्यांक संकलन गर्न ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक परिचालन गर्ने योजना छ ।

0Shares