राष्ट्रिय

जनताले चुनाबमा हिसाब गर्ने नै छन:प्रदीप पौडेल

0Shares

काठमाण्डौ, माघ ३० : प्रमुख प्रतीपक्ष दल नेपाली काँग्रेसका युबा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको राजनीतिक अपराधका विरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्नुपर्ने कुरामा जोड दीनुभयको छ । काँग्रेसको आजको दिनको संस्थागत निर्णय भनेको प्रधानमन्त्रीले चालेको कदमको विरुद्धमा सशक्त आन्दोलन गर्नु हो र यसको विकल्प छैन’, उनले भने।
‘सशक्त आन्दोलन गर्नु भनेको हडताल गरौँ, बन्द गरौँ भनेको होइन। हामी सडकमा आऔँ, राजधानी केन्द्रित आन्दोलन गरौँ, ठुला सडक केन्द्रित आन्दोलन गरौँ, यस्तो गम्भीर राजनीतिक त्रुटि र अपराध गर्ने प्रधानमन्त्रीका विरुद्ध जनदबाब सिर्जना गर्न हामीले आह्वान गरौँ।’ निर्वाचित तानासाहहरूलाई काङ्ग्रेसजस्ता लोकतन्त्रवादीहरूले मात्रै परास्त गर्न सक्ने उनको भनाई थियो। यो बेला पनी काग्रेस चुप लागेर बस्ने हो भने नेपाली जनताले पुन; दुख पाउने छन। उनले देस मरुभुमीमा फसीसकेको र यसबाट निकास दिन नेपाली काग्रेस मात्रै सक्षम रहेको जिकीर गरे। देसमा केही समस्या आयो भनी सबै राजनीती दलको जीम्बेबारी हुने र ऐहीलेको देसमा समस्या आउनुको प्रमुख कारण नेकपा नै हो। नेकपाको आपसी कीचतानीका कारण देसमा संकट आएको छ। एउटा पाटीको कारण देशलाई संकटको भुमरीमा पुर्याउने लाई चुनाबमा जनताले नै हिसाब गर्नेछन। उनले भने

0Shares