अन्तराष्ट्रिय

कोरोना भाईरस जनावरबाट मानिसमा सरेको हुनसक्ने शंखा

0Shares

काठमाडौ,चैत १८: विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को उत्पत्ति जनावरबाट मानिसमा सरेको हुनसक्ने बताएको छ ।सन् २०१९ को डिसेम्बरमा उक्त भाइरस पत्ता लाग्नुअगावै जनावरबाट मानिसमा कम्तिमा दुई महिनाअघि सरेको आशंकासहित संगठनले १ सय २० पृष्ठको अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ ।

विश्व स्वास्थ्य संगठनले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ ’सम्भवतः जंगली जनावरबाट मानिसमा उक्त भाइरस सरेको हो ।’जनावरबाट मानिसमा कोरोना सार्नको लागि सार्स कोभ २ भाइरस सहायक बनेको हुनसक्ने समेत बताइएको छ । यसअघि धेरैले भाइरस सारेको आशंका गरिएको चमेरोलाई भने संगठनले ठहर गरेको छैन ।अमेरिकी स्वास्थ्यविद् तथा स्वास्थ्य संस्थाहरुले चमेरोलाई कोभिड–१९ को मुख्य स्रोत मान्दै आएका थिए ।

0Shares