राष्ट्रिय

जन्मदिनको दिन कोरोनाभाइरस संक्रमण

0Shares

काठमाडौ,वैशाख ७: बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताए । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठको आज जन्मदिन पनि हो ।त्यस्तै नेपालमा एकैदिन १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा १२ सय २७ र एन्टीजेनमा ५४ जना गरि १२८१ जनामा पोजेटिभ देखिएको हो ।
२४ घण्टामा ७ हजार १ पीसीआर र ५४७ जनाको एन्टीजेन परीक्षण भएको थियो । अहिलेसम्म नेपालमा संक्रमितको संख्या २ लाख ८५ हजार ९ सय पुगेको छ जसमध्ये २ लाख ७५ हजार ५५५ जना निको भएका छन् भने ३ हजार ९१ जनाको ज्यान गएको छ ।सोही अवधिमा २५५ जना संक्रमणमुक्त भएका छन् भने ८ संक्रमितको ज्यान गएको छ । अहिले ७२ सय ९१ जना संक्रमित आइसोलेसनमा छन् । त्यस्तै कोरोना संक्रमणबाट एक स्टाफ नर्सको ज्यान गएको छ। उनलाई दाङमा कोरोना संक्रमण देखिएपछि उपचारका लागि भेरी अस्पताल ल्याइएको थियो ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत २० वर्षीया स्टाफ नर्सको सोमबार बिहान भेरी अस्पतालमा नि’धन भएको अस्पतालका मेडिकल सुपरीडेन्ट प्रकाश थापाले जानकारी दिए । मेसु थापाका अनुसार उनि ६ दिनदेखि अस्पतालमा उपचाररत थिइन्।

0Shares