जाने होईन त् हिउँ खेल्न चन्द्रागिरीमा ?
काठमाडौँ,माघ २४: आज काठमाडौँ लगायत बीभीन्न ठाउमा दिउँसो सामान्य वर्षा सगै हिउँ परेको छ । काठमाडौंमा चन्द्रागिरी,फुलचोकी,थानकोट,मकवानपुरको रमणीय स्थल दामन लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न ठाउँमा बिहीबार देखी हल्का वर्षा र हिमपात पर्ने पूर्वानुमान गरीयको थीयो । पश्चिम नेपालका केही भूभागमा हल्का वर्षा भएको हो भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ
प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा हुनेछ भने प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राजधानीमा वर्षा हुन भएसँगै चन्द्रागिरीमा अहिलेको सीजनको पहीलो पटक हिउँ परेको हो । केबलकार चढेर चन्द्रागिरी पुगेकाहरु हिउँ खेलेर रमाइलो गरिरहेका छन् ।हिउँ परेसँगै चन्द्रागिरी केबलकार चढ्न जानेहरुको भीड बढ्न थालेको छ । वर्षासँगै काठमाडौंमा चिसो बढेको छ । चन्द्रागिरीमा परेको हिउँले स्थानीय क्षेत्र मनमोहक देखिएको छ । आज शनीबार बिदाको दीन भयकोले पनी चन्द्रागीरी लगायत बिभीन्न ठाउमा पारीवारीक घुमघाम साथै साथीभाई भेटघाट गर्ने दीन पनी भयकोले भीड भाड बढेको त्यहाका स्थानीयले बतायका छन।