जापानमा रहेका दुई बिधार्थी संस्थाको एकता अधिबेसनको पूर्वअवस्थामा अनलाइनको माध्यमबाट गर्यो सदस्यता र उम्मेदवारीको आह्वान ।
जापानमा अध्यनरत नेपाली बिधार्थिहरुको साझा संस्था नेपाली बिधार्थी समाज जापान र नेपाल जापान बिधार्थी समाजले संस्थालाई एकता गर्ने समझदारी गर्दै एकता अधिबेसनको घोषणा गरि संस्थाको विभिन्न गतिबिधिहरु अगाडी बढाएको छ ।जापानमा गैरआवसीय नेपाली संघ (एनआरएनए )भन्दा पहिला स्थापना भएको नेपाली बिधार्थी समाज जापानमा जिज्ञान कुमार थापा,कुमार सिम्खडा, ऋसब पौडेल ,उज्ज्वल न्यौपाने,राजेन्द्र प्रसाद पराजुली ,सरोज कंडेल ,बिमल अधिकारी ,कृष्ण कुमार भेटवाल ,जीवक राज बज्राचार्य ,ऋषि राम पराजुली लगायत व्यक्तिहरु अध्यक्ष हुदै हाल तेज प्रकाश गुरुङ अध्यक्ष को रुपमा हुनुहुन्छ । यता छोटो समयमा नै सबैमाझ लोकप्रिय बन्न सफल नेपाल जापान बिधार्थी समाज जापानमा सन्तोष बाबु चोखाल ,समिरदेब खनाल हुदै हाल अध्यक्षको रुपमा चेतन पौडेल हुनुहुन्छ । अध्यक्ष चेतन पौडेल र तेज प्रसाद गुरुङको करिब १ बर्ष अगाडीदेखिको अथक प्रयासबाट एकता प्रक्रियाले मुर्तरुप पाएको जनाईएको छ ।चेतन पौडेल संयोजक तथा तेज प्रकाश गुरुङ सहसंयोजकको रुपमा रही एकता अधिबेशन सम्पन्न गर्नको लागि सदस्यहरुमा क्रमश कृष्ण भुषाल ,प्रकाश भण्डारी क्षेत्री , इश्वर भट्टराई ,सुमन श्रेष्ठ ,अजय राना ,बिस्वाश आचार्य ,अनिश तिवारी ,शंकर भुषाल ,रीतु थापा ,राजेन्द्र घिमिरे ,भरत शाहको १३ सदस्यिय समितिले रहेको छ । सेप्टेम्बर २२ तारिकमा हुने एकता अधिबेसनको अवसरमा आपतकालीन राहतकोष निर्माणको लागि सांस्कृतिक कार्यक्रम पनि गर्ने बताईएको छ । नेसाजको सदस्य हुन बिधार्थिले मात्र पाउनेछन् ।नेसाजको अनलाइन फर्म भर्न यहाँ क्लिक गर्नुहोस ।http://www.nesajapan.com/new-membership/
नेसाजको उम्मेद्वारी दिनलाई यहाँ क्लिक गर्नुहोस ।http://www.nesajapan.com/candidate-form/
अध्यक्षको उम्मेदवार हुनलाई १ कार्यकाल बिधार्थी संस्थामा काम गरेको हुनु पर्ने एकता अधिबेसनका संयोजक चेतन पौडेलले जानकारी गराउनु भएको छ ।
सेप्टेम्वर २२ मा हुने कार्यक्रममा प्रदेशी गायक सुर्य खड्का ,सुशील ज्ञवाली श्याम शितल श्रेष्ठ साथमा नवपप गायक सालिन लामाको बेजोड प्रस्तुति रहने जनाईएको छ ।