खेलकुद

जापानमा हुने ओलम्पिक खेल रद्द गर्न चिकित्सकहरुको आग्रह

0Shares

काठमाडौ,जेठ ४ : दोस्रो लहरको कोरोना विश्वोभर तीव्र रुपमा फैलिदै गएसंगै जापानमा हुने भनेको २०२०ओलम्पिक खेल रद्द गर्न चिकित्सकहरुको एक समूहले आग्रह गरेका छन् । खेल शुरुहुन ६६ दिन बाकी हुदा यस ओलम्पिक खेल रोक्न उनीहरुले अपील गरेको दि वासिंङ्गटन पोष्टले जनाएको छ ।
ओलम्पिक खेल रद्द गर्न जापानी चिकित्सकहरुको आग्रह देशको स्वास्थ्य प्रणालीले हजारौं अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सञ्चारकर्मीहरुलाई सुरक्षित राख्न नसक्ने भन्दै उनीहरुले यसैले झन् धेरै कोरोनाको संक्रमण बढ्नसक्ने त्रास देखाएका छन् । टोकियो मेडिकल प्राक्टिस्नर्र्स एशोसिएसनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष ओलम्पिक खेल रोक्नका लागि आग्रह गर्न अधिकारीहरुसमक्ष अनुरोध गरेका हुन् । टोकियो अस्पताल पूर्ण रुपमा भरिएको र उनीहरुसँग अरु थप क्षमता नरहेको भन्दै उनीहरुले ओलम्पिक र पाराओलम्पिक रद्द गर्न भनेका हुन् ।

0Shares