जापान आउदै हुनु हुन्छ ? ख्याल गर्नु होला । जापान बिधार्थी लाई अझै कडा बन्दै । कारण एस्तो रहेछ
जापानको अध्यागमन सेवा एजेन्सीले बढ्दो ओभरस्टे समस्या लाई सम्बोधन गर्न, 80 देशका नागरिकहरूले पेश गरेको विद्यार्थी भिसा आवेदनका(अप्रिलको लागि ) लागि कडा मापदण्डहरू लागू गर्ने योजना सार्वजनिक गरेको छ । यो नियम, पछिल्लो तीस बर्षमा एजेन्सीले(अध्यागमन) परिबर्तन गरेको सबैभन्दा ठूलो नियम मध्ये एक हो।
कडा मापदण्ड हाल सात देशका नागरिकहरु लाई लागु गरीएको छ। अध्यागमन नियमहरुमा परिवर्तन गर्नु भनेको जापानमा बसोबास गर्न र काम गर्नको लागि अध्ययनको बहानामा जापान प्रवेश गर्न मापदण्डबिपरित ओभरस्टेबस्ने अथवा रिफुजिमा बस्ने हरु कम गर्न कोलागी हो ।
हालै मात्र जापानले ठूलो श्रम अभावको सामना गर्नुपरेकोले कारण ले अप्रिल २०१९ बाट विशिष्ट कौशल भिसा अन्तर्गत विदेशीहरूको ठूलो रोजगारी प्रवर्धन गर्न काम गरिरहेको छ।
यो अप्रिलबाट लागु हुने गरि नेपाल लगाएत ७ देशहरु का लागि भिसा कडाई गरेको अध्यागमन सेवा एजेन्सीले जानकारी दिएको छ । जस अन्तर्गतका सात देशका विद्यार्थी भिसा आवेदकहरूले आवेदन गर्दा थप कागजातहरू पेश गर्नु पर्ने बनाईएको छ ।
Currently, student visa applicants from seven countries are required to submit additional documentation when they apply:
१. चीन (excluding Hong Kong and other select regions in China)
२. भियतनाम
३. नेपाल
४. श्रीलंका
५. म्यानमार
६. बंगलादेश
७. मंगोलिया
अध्यागमन सेवा एजेन्सीले यी देशहरूका आवेदकहरूलाई विद्यार्थी भिसाका लागि उनीहरूको आवेदन सहित धेरै थप कागजातहरू अनिबार्य बुझाउनु पर्ने जानकारी दिएको छ ।
साथै तलका कागजातहरू थप मागेको छ ।
1 .Certificate/diploma showing the highest level of education attained.(最終学歴の卒業証書)
2 .Documentation showing bank account balances of relatives in their home country who will be providing them with financial support while they are studying in Japan.(日本での生活費を出す親族の預金残高証明書)
3. Documentation proving the student’s relationship with their parents/relatives.(親族との関係を示す公的文書――など複数の書類の提出を求めている。)
जापानमा धेरै देश बाट आएर गैरकानुनी रूपमा बसेका छन् । २०१९ मा अध्ययनको बहानामा जापान प्रवेश गरेर 4700 जना गैरकानुनी रूपमा बसेका छन् । यो संख्या २०१५ को तुलानामा डबल भएको छ ।
यस मध्ये सबैभन्दा बढी भियतनाम (3065) चीन (1074) र कोरिया (148人)रहेका छन ।
यस कारणले गर्दा, अध्यागमन एजेन्सीले “आर्थिक अवस्था तुलनात्मक रूपमा राम्रो र अवैध ओभरस्टे जोखिम कम भएका 118 देशहरू र क्षेत्रहरूलाई “सेतो सूची” मा राख्ने निर्णय गरेको छ। तर यस बाहेकका देश हरुलाई कडा गरिने भएको छ , जसमा इन्डिया, कम्म्बोडिया पनि पर्छन ।
धेरै जसो अन्तर्राष्ट्रिय विद्यार्थीहरू स्टोर क्लर्कको रुपमा हप्ताको 28 घण्टा(कानुन अनुसार ) सम्म पार्टटाइम काम गरिरहेका छन् ।स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयका अनुसार अक्टोबर 2019 सम्म 318,000 अन्तर्राष्ट्रिय विद्यार्थीहरू (यो भनेको विदेशी कामदारहरूको 19% हुन्छ ) पनि कार्यरत रहेको देखिन्छ।
अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसामा कडाई गरे संगै जापान मा कामदारको अभाब झनै भयानक हुने अवस्था आएको छ । किनकि , जापानका अधिकांस रिटेल स्टोर अनि रेस्टुरेन्ट हरु मा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले काम गरेका छन् ।
तर सरकारले भने गैरकानुनी रूपमा बसेकाहरु अझै बढ्ने सम्भावना देखेर यो नियम लागु गरेको छ ।साथै कामदारका रुपमा जापान आयर काम गर्न को लागी अर्को नय भिसा को पनि ब्यबस्था गरेको छ । जसले कामदार आउनको लागि ढोका खोलेको छ ।
The countries below have been designated by the immigration services agency for stricter student visa screening as of April 2020:
- Afghanistan
- Angola
- Bangladesh
- Benin
- Bhutan
- Bolivia
- Burkina Faso
- Burundi
- Cambodia
- Cameroon
- Cape Verde
- Central Africa
- Chad
- Comoros
- Cook Islands
- Democratic Republic of the Congo
- Djibouti
- East Timor
- Egypt
- El Salvador
- Eritrea
- Eswatini
- Ethiopia
- Federated States of Micronesia
- Gambia
- Ghana
- Guinea
- Guinea-Bissau
- Haiti
- Honduras
- India
- Indonesia
- Ivory Coast
- Kenya
- Kiribati
- Kyrgyzstan
- Laos
- Lesotho
- Liberia
- Madagascar
- Malawi
- Mali
- Mauritania
- Moldova
- Mongolia
- Morocco
- Mozambique
- Myanmar
- Nauru
- Nepal
- Nicaragua
- Niger
- Niue
- Pakistan
- Papua New Guinea
- Philippines
- Republic of the Congo
- Rwanda
- Sao Tome and Principe
- Senegal
- Sierra Leone
- Solomon Islands
- Somalia
- South Sudan
- Sri Lanka
- Sudan
- Syria
- Tajikistan
- Tanzania
- Togo
- Tunisia
- Uganda
- Ukraine
- Uzbekistan
- Vanuatu
- Vatican
- Viet Nam
- Yemen
- Zambia
- Zimbabwe
Source: Nikkei newspaper, February 9, 2020