जापान को Working Visa (Caregiver )का सम्बन्धमा बिस्तृत जानकारी ।
यसअघि जापान मा Working Visa भन्नाले कुक Visa मात्र थियो । तर अहिले जापान मा कामदार को चरम अभाब भएपछि जापान सरकारले सन् २०१९ मा नया भिषा सुचारु गरेको छ ।अब जापान मा Working Visa भन्नाले कुक मा मात्रै नभई जापान को कम्पनी मा सिधै काम गर्न पाउने तर त्यसका लागि केहि सामान्य Requirment हरु पुरा गर्न पर्ने छ ।
जापान मा यस बर्ष बाट १४ ओटा विभिन्न Sector मा काम गर्न जान मिल्ने गरि व्यवस्था गरेतापनि 2019 मा नेपाल बाट भने एउटा क्षेत्र (Caregiver ) का लागि मात्र जान मिल्ने कुरा जानकारीमा आएको छ । आजका दिन २०१९/०८/२० सम्म Caregiver बाहेक अरु क्षेत्र को कुनै जानकारी आएको छैन । त्यसैले ख्याल गर्नु होला ।
१ ) Caregiver भनेको कस्तो काम हो र यसमा कस्ता कस्ता काम गर्नु पर्दछ ?
असक्त तथा बृद्ध मानिसहरू को हेरचाह र दैनिक जीवनयापन गर्न सहयोग गर्ने काम हो । जस्तै खाना खान , नुहाई धुवाई गर्न , हिँडडुल गर्न , लुगा लगाउन सहयोग गर्ने आदि ।
यो काममा बरिस्ठ नागरिक, शारीरिक तथा मानसिक बिरामी हरुको स्याहार सुसार गरि उनीहरु को जिबन यापनमा सहयोगी को भूमिका निभाउनु पर्दछ ।
यसअन्तर्गत गर्नु पर्ने सामान्य काम हरु : बिहान उठाउने, खाजा खुवाउने, दिसापिसाब गराउने(नसक्ने हरुका लागि ) समय समय मा औषधी खुवाउने आदि
थप जानकारी का लागि यो भिडीयो हेर्न सक्नु हुने छ । यो भिडीयो मा प्रयोग भएको भाषा बुज्नसक्ने हुनु पर्नेछ ।
२) यो भिसामा जापान जान के गर्नु पर्छ ?
जापान सरकारले तोकेको भाषा र सीपसम्बन्धी परीक्षा पास गर्नु पर्छ । परीक्षा पास भए पछि कम्पनीबाट छनौट, र भिसा प्रक्रिया पुरा गर्नु पर्छ ।
३) केयर गिभरको काम गर्न नर्सिङ पढेको हुनु पर्छ? कि पर्दैन ।
नर्सिङ पढेकै हुनु पर्छ भन्ने छैन तर जापानी भाषा N4 लेबल र केयर गिभर सम्बन्धी साधारण ज्ञान भए हुन्छ ।
४) नेपालमा औपचारिक शिक्षा कति हासिल गरेको हुनु पर्छ ?
सामान्य अवस्थामा बिधार्थी भिषामा जापान जना +२ पढेको हुनु पर्छ । तर, यो Caregiver को लागि औपचारिक शिक्षाको बारेमा केही तोकिएको छैन । जापानी भाषा र केयर गिभरको ज्ञान भए हुन्छ ।
५) के जापानी भाषा पढेको वा केयर गिभरको तालिम लिएको प्रमाण पत्र आवश्यक पर्छ ?
भाषा पढेको , केयर गिभरको तालिम लिएको वा काम गरेको प्रमाण पत्र आवश्यक छैन । जापान सरकारले तोकेको भाषा र सीपसम्बन्धी परीक्षा पास गरे पुग्छ ।
६) यो भिषा अन्तर्गत को परीक्षा पुरुष ले पनि दिन पाइन्छ ?
महिला पुरुष दुवैले परीक्षा दिन पाइन्छ ।
७) उमेर को हद कति तोकिएको छ ?
परीक्षा दिन १७ वर्ष पुरा भएको हुनु पर्छ ।
८) लगभग लागत कत्ति जति लाग्छ होला ?
अहिले सम्मको कुरा अनुसार कामदारले परीक्षा शुल्क र जापान जानका लागि टिकटको पैसा तिर्नुपर्ने भन्ने छ तर सबै निर्णय भइसकेको छैन। सरकारी प्रक्रिया भएकोले कम लागतमा जान सकिने छ ।
परीक्षा सुल्क : १५०० एन लाग्ने कुरा छ ।
९) कति वर्ष को भिसा पाइन्छ ?
अधिकतम ५ वर्ष । ४ महिना , ६ महिना वा १ वर्ष मा भिसा नवीकरण गराउनु पर्छ ।
१०) के ५ वर्ष पछि आफ्नै देश फर्किन पर्छ ?
५ वर्ष भित्रमा जापानको (Certified Care Worker National Qualification) को परीक्षा पास गरेमा Nursing Care को भिसामा लामो समय सम्म जापानमा बस्न सकिने छ । अन्यथा ५ वर्ष पछि आफ्नै देश फर्किनु पर्छ ।
११) के यो भिसा भएको मान्छेले आफ्नो श्रीमान वा श्रीमतीलाई जापान लैजान पाउँछ ?
पाउँदैन । ५ वर्ष पछि Nursing Care Visa मा परिवर्तन गर्न सक्नु भएमा श्रीमान वा श्रीमती लाई पनि जापान लैजान पाउनु हुने छ ।
१२) नेपालमा परीक्षा कसले लिन्छ ?
परीक्षा जापान सरकारकै निकायले लिनेछ भने नेपाल सरकारले सहजीकरण मात्रै गर्नेछ। नेपालमा परीक्षा लिने अनुमति पाएको निकाय जापान फाउण्डेशन हो ।
१३) नेपालमा भाषा र सीपसम्बन्धी परीक्षा कहिले हुन्छ ?
नेपालमा हुने परीक्षा २०१९ अक्टोबर २७ र २८ तथा नोभेम्बर ५ र ६ तारिख हुने योजना छ ।
१४ ) परीक्षा को लागि आवेदन कहिले बाट खुल्छ ?
परीक्षा हुनु भन्दा १ महिना पहिला आवेदन खुल्ला हुन्छ भनिएको छ ।
१५ ) भाषा र सीपसम्बन्धी के के परीक्षा दिन पर्छ ?
जम्मा ३ वटा परीक्षा दिन पर्छ ।
- आधारभूत जापानी भाषाको परीक्षा JFT-Basic(国際交流基金日本語基礎テスト)यो परीक्षा 60 मिनेटको हुनेछ र 60 वटा प्रश्न सोधिनेछन् ।
★JLPT N4 पास गरेका ले JFT-Basic परीक्षा दिन आवश्यक छैन । JLPT N4 को सर्टिफिकेट JFT-Basic को A2 लेबल बराबर मान्यता हुन्छ । ★ - केयर गिभर क्षेत्रको जापानी भाषा परीक्षा(介護日本語評価試験)यो परीक्षा 30 मिनेट को हुने छ र 15 वटा प्रश्न सोधिने छ ।
- केयर गिभर सम्बन्धी सीप परीक्षा(介護技能評価試験)यो परीक्षा 60 मिनेट को हुने छ र 45 वटा प्रश्न सोधिने छ ।
१६ ) परीक्षा कसरी संचालन हुन्छ र कसरी दिन पर्छ ?
सम्पूर्ण परीक्षा CBT: Computer Based Testing प्रणाली अनुसार हुने छ । तोकिएको परीक्षा केन्द्रमा उपस्थित भएर आवेदन दिँदा प्राप्त भएको ID बाट log in गरेर कम्प्युटर बाट परीक्षा दिनु पर्ने छ ।
यो वेब साइट बाट परीक्षा दिन मिल्छ : http://ac.prometric-jp.com/testlist/nc/en/index.html#reserve_ind
नेपालीहरु का लागि November को अन्तसम्म मा आबेदन खुल्ने छ ।
आबेदन खुले पछि हामीले अर्को जानकारी दिने छौ ।
श्रोत: MINISTRY OF HEALTH, LABOUR AND WELFARE, JAPAN
https://www.mhlw.go.jp/stf/newpage_000117702.html