राष्ट्रिय

जिप दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शहित पाचँ जनाको मृत्यु

0Shares

काठमाडौ,बैशाख २: नयाँ वर्षको दिन सार्वजनिक बिदा भएकाले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहितका १६ जना कर्मचारी पूजाअर्चनाका लागि प्युठानको स्वर्गद्वारी हिँडे । तर, उनीहरू स्वर्गद्वारी पुग्न पाएनन् । उनीहरू सवार लु.१ज १६५५ नम्बरको जिप बुधबार बिहान साढे ११ बजे प्युठान स्वर्गद्वारी नगरपालिका–२ रुमालेमा दुर्घटना भयो । दुर्घटनामा पाँचको मृत्यु भएको छ ।

१२ जना घाइते भएका छन् । जिप दुर्घटनामा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार ईश्वरी भण्डारी, यमलाल पन्थी र सवारीचालक मुसिकोट नगरपालिका–३ का केशव कार्कीले ज्यान गुमाए । न्यौपाने स्याङ्जाबाट गुल्मी मालपोत कार्यालय हुँदै जिल्ला प्रशासन आएका थिए । दुर्घटनामा मृत्यु हुने सूर्यप्रसाद पन्थी र गम्भीर घाइते कमला ज्ञवाली दिदीभाइ हुन् ।कमलाले भाइ गुमाइन्, आफू र छोरा सार्थक ज्ञवाली गम्भीर घाइते छन् । अहिले सूर्य र कमलाको परिवार शोकमा डुबेको छ । दुर्घटनामा प्रशासन कार्यालयका सुनिता कँडेल, तारा भण्डारी, दिलबहादुर थापा, गीता बोहोरा मुखिया र छोरा अनिश मुखिया घाइते भएका छन् ।जिपमै सवार वसन्ती पौडेल र उनका चार वर्षीया छोरी निकिता पौडेल, ६ वर्षीय आशिष भण्डारी पनि घा’इ’ते भएका छन् ।प्युठान दुर्घटनामा गम्भी’र घाइते कमला ज्ञवाली र छोरा सार्थक ज्ञवाली, गीता मुखिया र छोरा अनिश मुखिया, सन्दीप परियार र मुना पाण्डेलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

0Shares