राष्ट्रिय

जेठ १५ सम्म लम्बियो गुल्मीमा निषेधाज्ञा

0Shares

काठमाडौ,जेठ ५ : पहाडी जिल्ला गुल्मीमा पहिले वैशाख १८ गते रातिदेखि जारी निषेधाज्ञाको समय जेठ ४ गते सम्म थियो । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जिल्लालाई निषेधाज्ञा थप गरि जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यबस्थापन केन्द्रको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरु जेठ ७ गते, १० गते र १३ गते विहान ७ देखि ९ बजेसम्म मात्रै खोल्न पाइने भएको छ । त्यस्तै निर्माण सामाग्री बोक्ने टीपरहरु बेलुकी ६ बजेदेखि बिहान ७ बजेसम्म मात्रै चल्न पाउने भएका छन् ।
तोकीएका क्षेत्र बाहेक अन्य सम्पूण क्षेत्र बन्द रहने निर्णय भएको छ । निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ । जिल्लामा कोभिडको दोस्रो लहरबाट १ हजार बढी संक्रमित भएका छन् ।

0Shares